दल

वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना छैन : ओली

इकागज |
जेठ २७, २०७९ शुक्रबार १५:१५ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि एमाले एक्लैले तयारी गरिरहेको भन्दै वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

उनले सरकारमा रहेका दलहरू वामपन्थी नरहेको टिप्पणी गरे । ओलीले स्थानीय निर्वाचनमा सिटका हिसाबले एमाले दोश्रो दल भए पनि लोकप्रिय मतका आधारमा एमाले नै पहिलो पार्टी भएको दाबी गरे ।


कुनै सिद्धान्त‚ विचारविना नै ६ दलले एमालेलाई हराउन नै गठबन्धन गरेको उनले बताए। त्यस्तै उनले अहिलेको सरकारले संविधानलाई तोडमरोड गरेको आरोप लगाए ।

ओलीले आगामी निर्वाचनमा एमाले अत्याधिक बहुमतका आधारमा विजयी हुने दाबी गरे । 


Author

थप समाचार
x