दल

एमाले सचिवालय बैठक बस्दै, चार एजेण्डा तय

इकागज |
जेठ ३०, २०७९ सोमबार ७:५० बजे

काठमाडौँ- नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दैछ छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो । 

केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि चार वटा एजेण्डा तय गरेको थियो ।


उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार निर्वाचनको समीक्षासँगै स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता र समसामयिक राजनीतिक परिस्थितिका एजेन्डामा छलफल हुनेछ । 

केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने गरी एजेण्डा तय गरेको हो ।

त्यस्तै, एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट बैठकमा पेस गरिने भएको छ ।


Author

थप समाचार
x