दल

महंगीमाथि महंगी थोपरेर सरकारले जनताको ढाड भाँच्‍ने काम गर्‍यो : प्रवक्ता लावती

इकागज |
जेठ ३०, २०७९ सोमवार ८:५२ बजे

पाँचथर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुन सुन्दर लावतीले महंगीमाथि महंगी थोपरेर सरकारले जनताको ढाड भाँच्‍ने काम गरेको ठहर गरेका छन् ।

‘डिजेल पेट्रोल मात्र नभएर, प्रत्येक उपभोग्य सामाग्रीको बजार भाउ आकाशिएको छ । तीन तहमा लादिएको करको भार त छँदै थियो, अब त दिनानुदिन बढ्दो महंगीले आम जनजीवन कष्टप्रद बनेको छ,’ प्रवक्ता लावतीले भने ।


‘अहिलेको अवस्थामा आम नागरिकको दैनिकी कहाली लाग्दो छ । तर जनताद्वारा जनताका लागि निर्वाचित जनताको सरकार कानमा तेल हालेर बसेको छ, केवल मुकदर्शक भएर बसेको छ,’ उनले भने ।

राप्रपा प्रवक्ता लावतीले मौवामा सम्पन्न तुम्बेवा गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो विचार प्रकट गरेका हुन् ।

समाजको हरेक तहमा भ्रष्टाचारले गाडेकोमा चिन्ता प्रकट गर्दै राप्रपा नेता लावतीले भ्रष्टाचार नियन्त्रण गर्नमा सरकार पूर्ण रहेको बताए ।


Author

थप समाचार
x