दल

एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण

इकागज |
असार २, २०७९ बिहीबार ८:२० बजे

काठमाडौँ- नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिइने भएको छ ।

गत ३० वैशाखमा चुनावमा आफ्नो पार्टीबाट जितेकामध्ये पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई एमालेले प्रशिक्षण तथा अभिमुखीकरण दिन लागेको हो ।


एमाले सचिवालय बैठकको निर्णय अनुसार आज र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिइनेछ ।

आज बिहान ११ बजे भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

एमाले स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने छ ।


Author

थप समाचार
x