दल

हामीले चुनाव मात्र होइन, अधिनायकवादसँग पनि लड्नुपर्‍यो : ओली

इकागज |
असार २, २०७९ बिहीबार १३:४२ बजे

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत स्थानीय तह निर्वाचनमा चुनाव मात्र लडेर एमालेले अधिनायकवादसँग पनि लड्नुपरेको बताएका छन् । 

काठमाडौँमा बिहीबार आफ्ना निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले चुनावमात्र नलडेर अधिनायकवादसँग पनि लड्नु परेको बताएका हुन् ।


‘हामीले चुनावमात्र लडेनौँ, अधिनायकवाद, तानाशाही, दमनकारीसँग लड्नु पर्‍यो,’ ओलीले भने, ‘उनीहरुसँग लडेर जितेर आउनुभयो । बधाई छ ।’ 

सत्तारुढ दलले राज्यशक्तिको दुरुपयोग गरेको, बुथ कब्जा गरेको ओलीको आरोप छ ।


Author

थप समाचार
x