दल

हामीलाई हराउन पार्टीभित्रबाटै सकुनी, मिर जाफर, मिर कासिम निस्किए : ओली

इकागज |
असार २, २०७९ बिहिवार १३:५७ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टीभित्रकै सकुनीहरूका कारण धेरै पालिकामा हार व्यहोर्नु परेको बताएका छन् । 

काठमाडौँको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रका सकुनी, मिर्जाफर र मिरकाशिमका कारण ८८ वटा पालिकामा हार व्यहोर्नु परेको जनाए । 


‘हामी निराश हुनुपर्ने स्थिति छैन । अनेक प्रतिकूलताकाबीच हामीले जित्यौं,’ अध्यक्ष ओलीले भने, ‘हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रैभित्रबाट सकुनीहरू निस्किए, हाम्रैभित्रबाट मिर जाफर निस्के, मिर कासिम निस्के ।’ 

स्थानीय चुनावको परिणामको समिक्षा गर्दै उनले एमालेको स्थिति कमजोर नभएको दाबी गरे । पाँच दलिय गठबन्धनको सरकारले चुनवामा नाङ्गो धाँधली गरेको आरोप लगाउँदै उनले यस्तो २०१५ सालयता कहिल्यै नदेखेको बताए । 

‘तपाईँहरु  पार्टीको कार्यकर्ता हो । तपाईँहरूको काम मार्फत अब जनताले पार्टी हेर्छ । त्यसैले अनुकूल हुँदा मात्र होइन प्रतिकूल हुँदा पनि निष्ठावान कार्यकर्ता भएर देखाउनोस्,’ उनले भने । 


Author

थप समाचार
x