दल

व्यापारीका प्रतिनिधि राखेर बजेट बनाइयोः ओली

इकागज |
असार २, २०७९ बिहिवार १८:२८ बजे

फाइल तस्बिर

काठमाडाैँ -  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारीका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाका छन् ।

बिहीबार काठमाडौंमा आयाेजित स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले बजेट बनाउँदा अनाधिकृत व्यक्तिहरु राखेको, व्यापारीका प्रतिनिधि राखेर करका दर सेटिङमा राखेको दाबी गरे ।


उनले संसारका कुनै राज्य प्रणालीमा बजेट बनाउनुपूर्व व्यापारीका प्रतिनिधि राखेर बनाउने प्रचलन नरहे पनि नेपालमा कमिसन खाएर बजेट निर्माण गर्ने प्रणालीको खिल्ली उडाएको बताए । अध्यक्ष ओलीले बजेट अर्थमन्त्री, अर्थसचिव, राजश्वसचिव, आदिले तयार गर्ने भएपनि अनाधिकृत मान्छे ल्याएर करका दर सेटिङमा तोकिएको दाबी ग।रे ।

उनले व्यापारीसँग सेटिङ मिलाएर करका दर तोकिएको भन्दै बजेट बनाउँदा नै व्यापारिहरु बोलाएर बनाएको प्रति आपत्ति जनाए ।


Author

थप समाचार
x