दल

संगठन विस्तारका लागि एकीकृत समाजवादीले तीन महिने विशेष अभियान सञ्चालन गर्ने

इकागज |
असार ३, २०७९ शुक्रबार १३:११ बजे

काठमाडौं– सत्तासीन दल नेकपा एकीकृत समाजवादीले संगठन विस्तार कार्यलाई तीव्रता दिन तीन महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार पार्टी कार्यालय आलोकनगरमा बेदुराम भुसालको अध्यक्षतामा बसेको केन्द्रीय संगठन विभागको बैठकले असारदेखि भदौसम्म सदस्यता वितरण गर्ने विशेष अभियान सन्चालन गर्ने निर्णय गरेको हो । 

एकीकृत समाजवादीले असार मसान्तभित्र पार्टी सदस्यता अद्यावधिक गर्न, नवीकरणको काम भदौ मसान्तभित्र सक्न सर्कुलर जारी गरेको छ । 


उसले एमालेबाट विद्रोह गरेर छुट्टै दल दर्ता गरेको छोटो समयमै पार्टी मजबुद हुँदै गइरहेको निष्कर्ष पनि निकालेको छ र पार्टीलाई थप मजबुद बनाउने प्रण पनि गरेको छ । 


Author

थप समाचार
x