दल

यस्तो छ मन्त्रीसहित १० सांसदले समाजवादी पार्टी कार्यालयमा दर्ता गराएको असन्तुष्टि पत्र

इकागज |
असार १०, २०७९ शुक्रवार ११:२८ बजे

काठमाडौँ- नेकपा एकिकृत समाजवादीका १० सांसदले मन्त्रिपरिषद्‌ हेरफेरविरुद्ध पार्टीमा असन्तुष्टि पत्र दर्ता गराएका छन् । शुक्रबार बिहान १० बजे पार्टी कार्यालयमा समाजवादी पार्टीबाट मन्त्री बनेका विरोध खतिवडाको नेतृत्वमा १० सांसदले असन्तुष्टि पत्र दर्ता गराएका हुन् ।

बजेटको बीचमा मन्त्री फेर्ने निर्णय पार्टीको अपरिपक्‍व भएको उक्त पत्रमा लेखिएको छ । 'बजेटको बीचमा मन्त्री फेर्ने निर्णय पार्टीको अपरिपक्‍व छ' पत्रमा लेखिएको छ 'बजेट पारित भएपछि मन्त्री फेर्ने आन्तरिक समझदारी हुँदाहुँदै क्षणक्षणमा प्रधानमन्त्रीलाई दबाब दिएर हुर्मत लिने काम गरेको ठिक भएन ।'


त्यस्तै अहिले मन्त्री बनाउन प्रस्ताव गरेको पाँच जनाको नाम कुनै हालतमा परिवर्तन हुनुपर्ने उनीहरूले अडान राखेका छन् । 'ति नाम समावेशी छैन । महिला छैन' पत्रमा लेखिएको छ 'एउटै जिल्लाबाट २ जना सिफारिस गरिएको छ । सिनियर-जुनियर हेरिएको छैन । ६ महिनाको नियम सबैमा लागू हुनुपर्छ ।'

उक्त असन्तुष्टि पत्र १७ नम्बरमा दर्ता भएको एक नेताले इकागजसँग बताए । विरोध खतिवडाको नेतृत्वमा सांसदहरू रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले असन्तुष्टि पत्र दर्ता गराएका हुन् ।

र, यो पनि


Author

थप समाचार
x