दल

केपी ओलीले भने- भद्दा, भ्रष्ट र राज्यशक्तिको दुरुपयोग गरेको निर्वाचन देखेको थिइन्, यसपटक देखेँ

इकागज |
असार १०, २०७९ शुक्रबार १६:५२ बजे

फाइल फोटो

काठमाडौं - सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् । 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् । राज्यशक्तिको दुरुपयोग गर्दै भद्दा र भ्रष्ट तरिकाबाट निर्वाचन गराएको ओलीको आरोप छ । 


‘मैले २०१५ सालदेखिको निर्वाचन देखेको छु । पछि यता लामो समयदेखि चुनाव लड्दा अहिलेसम्म यति भद्दा, यति राज्यशक्तिको दुरुपयोग गरिएको, यति भ्रष्ट निर्वाचन, पैसाको खोलो बगाएको अहिलेसम्म देखेको थिइनँ,’ ओलीले भने, ‘यसपटक त्यो तहसम्म पुगेको छ ।’    


Author

थप समाचार
x