दल

शेखरसँगको परामर्शविना सभापति देउवाले गरे भ्रातृसंस्थामा मनोनयन

इकागज |
असार १०, २०७९ शुक्रबार २१:३७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसमा शेखर कोइराला समूहको परामर्शविना नै सभापति शेरबहादुर देउवाले दुई भ्रातृसंस्थाको अध्यक्ष मनोनयन गरेपछि शेखर पक्षले असन्तुष्टि जनाएको छ ।

आज सभापति देउवाले किसान संघ अध्यक्षमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगरलाई मनोनीत गरेका थिए । यस विषयमा शेखर पक्षसँग कुनै आवश्यक परामर्श र सरसल्लाह नगरेको शेखरको सचिवालयले जनाएको छ । 


यसअघि देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका अध्यक्ष मनोनयनमा एकलौटी गरेका थिए । उक्त मनोनयनका विरुद्ध शेखर समूहले असन्तुष्टि जनाएपछि देउवाले सरसल्लाहमै बाँकी भ्रातृ तथा शुभेच्छुक संघसंस्थाको नेतृत्व मनोनयन गर्ने बताएका थिए । 


Author

थप समाचार
x