दल

म प्रचण्डको गुटमा नलागेको भए नेकपा फुट्‌ने थिएन, आत्मआलोचना गरेको छु : वामदेव

इकागज |
असार ११, २०७९ शनिवार १०:२२ बजे

काठमाडौँ- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू गुटमा नलागेको भए तत्कालिन नेकपा पार्टी नफुट्‌ने दाबी गरेका छन् । शनिबार बोल्दै गौतमले आफुलाई पार्टी फुट्‌ने कल्पनासमेत नभएर गुटमा लागेको बताए ।

'मेरै कारणले तत्कालिन नेकपा पार्टी फुट्यो भन्ने आरोप लगाए । म गुटमा नलागेको भए पार्टी फुट्ने थिएन' गौतमले भने 'मैले आत्मआलोचना गरेको छु । मलाई कल्पना पनि थिएन पार्टी फुट्‌छ भनेर ।'


पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने भएपछि आफुले प्रचण्डको गुट पनि छाडेको उनले बताए ।


Author

थप समाचार
x