दल

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३५ रुपैयाँसम्म घट्ने !

इकागज |
असार ११, २०७९ शनिवार ११:२८ बजे

काठमाडौँ - सत्ता गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लगाएका कर भारी कटौती गर्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

उनकाअनुसार उक्त निर्णय आजैदेखि लागू गर्न निर्देशन दिएको हो । उक्त निर्णय लागू भए डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर झण्डै ३० देखि ३५ रुपैयाँसम्म मूल्य घट्ने उनको भनाइ छ ।



Author

थप समाचार
x