दल

समाजवादीबाट पहिल्यै नाम पठाएकाहरू मन्त्री बन्‍ने

इकागज |
असार ११, २०७९ शनिवार १९:६ बजे

काठमाडौँ-  नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

शनिबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अब प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने भन्दै तत्काल पार्टीले सिफारिस गरेका नयाँ मन्त्रीहरूलाई सपथ गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।


बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादीबाट सिफारिस भएका व्यक्तिहरूको सपथमा ढिलाइ भए अपमानका रुपमा बुझिने बताए । उनले मन्त्री परिवर्तनको सूचीमा हेरफेर नहुने र यसअघि गरेको निर्णय हुबहु कार्यान्वयन हुने जानकारी दिए । मन्त्री हेरफेरका विषयमा कुनै माग कुनै सर्त वा कुनै निवेदनले काम नगर्ने भन्दै कुनै विषयमा छलफल गर्नुपर्ने भए बैठकमा नै छलफल हुने जिकिर गरे ।

बैठकले गठबन्धनलाई जोड दिँदै पारस्परिक लाभका आधारमा अन्य दलसँग सहकार्य गर्न गठबन्धन गर्न समाजवादी तयार भएको निष्कर्ष निकालेको छ । उनले देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन देखा परेको र समाजवादीको भूमिका आवश्यक रहेको देखिएको निष्कर्ष रहेको बताए

बैठकमा आम निर्वाचनको तयारी गर्ने लगायतका विषय समेटिएको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रुपमा छलफल हुने उनले जानकारी दिए । 


Author

थप समाचार
x