दल

समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक प्रज्ञा भवनमा

इकागज |
असार १३, २०७९ सोमबार १०:२५ बजे

काठमाडौँ- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पहिलो केन्द्रीय परिषद्‌को बैठक आजबाट सुरु हुने भएको छ ।

नेपाल प्रज्ञा भवन, कमलादीमा बस्ने सो बैठकमा देश तथा प्रवासवाटसमेत १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् ।


मन्त्रिमण्डल पुर्नगठनको बिषयलाई लिएर आन्तरिक विवादमा मुछिएको नेकपा एसले पार्टी भावी रणनीति र योजनाका बारेमा अध्यक्ष नेपाल र महासचिव बेदुराम भुषाललगायतका प्रतिवेदनमाथि छलफल गर्नेछ । 


Author

थप समाचार
x