दल

जात व्यवस्था रहुन्जेल समाजवादको कल्पनै हुन सक्दैन : उपेन्द्र यादव

इकागज |
असार १३, २०७९ सोमबार १५:५० बजे

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जात व्यवस्थाको कल्पनै हुन नसक्ने बताएका छन् । उनले सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालमा समाजवाद : चुनौती र सम्भावना बारे विचार गोष्ठीमा यस्तो बताएका हुन् ।

‘जुन मुलुकमा जन्मकै आधारमा मानिसलाई तल र माथि भनिन्छ,’ उनले भने, ‘लिङ्गका आधारमा विभेद हुन्छ । आदिवासी जनजातिका आधारमा विभेद हुन्छ । अब यो मधेशी भन्यो भने यो त भारतिय हो भन्ने हुन्छ । भोटे देख्यो भने यो कताबाट आएको भन्ने हुन्छ । र ती आधारमा पोलिटिकल सहभागिता र डिसिजन मेकिङ हुने । नीति र योजना बन्ने । र त्यो सामाजिक व्यवस्था रहुन्जेल समाजवादको कल्पनै हुनसक्दैन ।’ 


उनले साउथ एसियामा वर्गमात्रै होइन, जात र लिङ्गमा आधारित विभेदलाई आत्मसाथ गर्न कम्युनिष्ट पार्टीहरू सफल नभएको बताए । जात व्यवस्था र र जातकै आधारमा हुने शोषण रहुन्जेल समानता नहुने हुँदा समाजवाद नआउने उनको भनाइ छ । ‘त्यसकारण यो कास्ट सिस्टम र कास्ट एक्सप्लोइटेसन रहुन्जेल कहाँबाट समानता हुन्छ र समाजवाद आउँछ ? त्यो असम्भव छ,’ उनले भने ।
 


Author

थप समाचार
x