दल

समाजवादको जग जोगाउन यो गठबन्धन बनेकाे हो : रामचन्द्र पौडेल

इकागज |
असार १३, २०७९ सोमबार १६:२३ बजे

काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवादको जग जोगाउन सत्ताधारी दलको गठबन्धन बनेको बताएका छन् । उनले सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालमा समाजवाद : चुनौती र सम्भावना बारे विचार गोष्ठीमा यस्तो दाबी गरेका हुन् ।

‘यो संविधानलाई नै भत्काउन हामी लाग्छौँ भने समाजवादको जब त्यहीँबाट भत्किन्छ,’ उनले भने, ‘त्यसकारण उहाँ(ओली)ले समाजवादको जग भत्काउन खोज्नुभएको थियो । त्यो समाजवादको जग जोगाउनको लागि यो गठबन्धन भएको हो । यो संविधान र परिवर्तनलाई बचाउन यो गठबन्धनको आवश्यकता भएको हो ।’ 


नेता पौडेलले  समाजवाद भनेर बुझेको निमुखालाई न्याय, विपन्नलाई आय भएको समेत बताए  । संविधानलाई पूर्णरुपले कार्यन्वयन गर्न सके समाजवादको जग बसाल्न सक्ने उनको भनाइ थियो । 

‘अहिले यो संविधान जुन बनेको छ । यसलाई हामीले पूर्ण कार्यान्वयन गर्न सक्यौँ भने हामीले समाजवादको जग बसाल्न सक्छौँ,’ उनले भने, ‘सबभन्दा मुख्य कुरा त्यहाँ नेर छ । संविधानले महिलालाई दलितलाई, अल्पसंख्यक, मुसलमानलाई, थारु र सम्पूर्ण दुर्गमवासीलाई जनतालाई जो अधिकार दिएको छ, यसलाई कार्यान्वय गर्न सकौँ । समाजवादको जग त्यहीबाट बस्छ ।’


Author

थप समाचार
x