दल

एसपीपी नगरेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगायो : अध्यक्ष नेपाल

इकागज |
असार १३, २०७९ सोमबार १७:१३ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको बताएका छन् । 

सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले लिएको अडानका कारण एसपीपीमा नेपालको संलग्नता नरहने घोषणा सरकारले गरेको र मुलुक दुर्घटनाबाट जोगिएको बताएका हुन् । 


उनले केपी ओलीमा राष्ट्रको भन्दा पनि व्यक्तिवादी प्रवृति हावी भएका कारण मुलुक पटक पटक समस्यामा परेको तर्क गरे । अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि अरुमाथि भरोषा नगरि सवै क्षेत्रमा तयारीमा जुट्न निर्देशन दिए । 

अवको निर्वाचनमा सवै स्थानमा उम्मेदवारी दिने उनको भनाई छ । उनले छोटो समयमा नै पार्टी अधिकांश निर्वाचन क्षेत्रमा बलियो अवस्थामा पुगेको भन्दै थप संगठन बिस्तारमा ध्यान दिनुपर्ने जिकिर गरे । 

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बैठक मंगलबारसम्म चल्ने समाजवादीले जनाएको छ । 


Author

थप समाचार
x