दल

एसपीपी खारेज गर्न हामीले भूमिका निर्वाह गरेका हौँ : प्रचण्ड

इकागज |
असार १३, २०७९ सोमबार १७:५४ बजे

फाइल फाेटाे

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपीपी खारेज गराउन आफूहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताएका छन् । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालमा समाजवाद : चुनौती र सम्भावना बारे विचार गोष्ठीमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘एसपीपीलाई खारेज गराउनेमा नेतृत्वको भूमिका पनि हामीले नै खेलेको हो,’ उनले भने, ‘यो सत्यलाई कसैले इन्कार गर्न सक्दैन । गर्न हुँदैन पनि । यो कहाँबाट आएको थियो  भने ओली नेतृत्वको सरकारले नै एसपीपी गरेर सैन्य गठबन्धन तिर देशलाई लैजाने कामको सुरुवात गरेको हो । र यसको जिम्मा उनले नै लिनु पर्छ । हामी मान्दैनौँ ।’


उनले समाजवादका लागि विगतमा वामपन्थीहरूको एकता गरेकोसमेत बताए । तर, त्यसमा ओलीले सफल हुन नदिएको समेत आरोप लगाए । कार्यक्रममा एमाले महासचिव शंकर पोख्रेलले गठबन्धनमाथि उठाएको प्रश्नमा आफ्नो अगाडी पोख्रेलले यस्तो प्रश्न गर्न नमिल्नेसमेत उनले बताए । 

‘समाजवादको कुरा हामीले गरेको हो । वामपन्थीहरूको एकताबाट स्थायित्व र समाजवादतिर जाला र भष्ट्राचार नियन्त्रण होला जनतालाई प्रत्यक्ष राहत दिन हामीले घोषणापत्रमा जे भनेका थियौँ,’ उनले भने, ‘त्यही तिर जाला भनेर त्यो पहल गर्ने हाम्रो अगाडी अझ मेरो अगाडि त्यो पहल कर्ताको अगाडी बसेर उहाँले (श‌ंकर)​ समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ भन्न मिल्छ ?’


Author

थप समाचार
x