दल

मलको माग गर्दै कृषि कार्यालयमा धर्ना

इकागज |
असार १३, २०७९ सोमबार २२:१५ बजे

फाइल फोटो

भक्तपुर - राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्दै आज दिनभर जिल्ला कृषि विकास कार्यालय भक्तपुरमा धर्ना दिएको छ । राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहको नेतृत्वमा केन्द्रीय सदस्य रामेश्वर थापा, जिल्ला अध्यक्ष रामशरण लामिछानेसहित सयौँ नेता तथा कार्यकर्ताले विरोध  र्‍याली प्रदर्शन गर्दै धर्ना दिएका हुन् ।

असारमा धान रोपेर खेती गर्ने बेलामा रासायनिक मल नदिएको भन्दै सल्लाघारीबाट सुरु भएको विरोध  र्‍याली सूर्यविनायकस्थित कृषि विकास कार्यालय अगाडि धर्ना दिएर विरोध प्रदर्शन गरेको थियो । 


कार्यक्रममा सहमहामन्त्री शाहले तत्काल किसानका लागि मलको व्यवस्था गर्न माग गरे । असार आउँदै छ भन्ने सरकारलाई थाहा नभएको होइन भन्दै उनले हरेक वर्ष खेती गर्ने बेलामा मलको हाहाकार हुँदा उत्पादनमा असर परेको भन्दै मल उपलब्ध गराउनुपर्ने बताए । रासस


Author

थप समाचार
x