दल

कम्युनिष्टहरूले नेपाली कांग्रेसको पुच्छर समाएर देशको परिवर्तन हुँदैन : वामदेव गौतम

इकागज |
असार १४, २०७९ मंगलबार १६:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले कम्युनिष्टहरूले कांग्रेसको पुच्छर समाएर देशको परिवर्तन नहुने बताएका छन् । उनले मंगलबार आफ्नो पार्टी घोषणा कार्यक्रममा कांग्रेसलाई मित्र शक्तिको रूपमा लैजानुपर्ने उल्लेख गर्दै यस्तो बताएका हुन् ।

‘कम्युनिष्ट पार्टीहरूले एकताबद्ध भइसकेपछि पनि नेपाली कांग्रेस सत्रु हो भनेजस्तो कुरा गर्न हुन्न,’ उनले भने, ‘जहिले देखि कम्युनिष्ट र कांग्रेसबीच मित्रता भएको छ । कांग्रेसलाई कम्युनिष्ट पार्टीले मित्र शक्तिको रूपमा त्यससँग सहकार्य गर्न थालेको छ ।’


गौतमले दुईवटा पार्टीको संयुक्त नेतृत्वमा अगाडि बढेको आन्दोलन सबै सफल भएको समेत जिकिर गरे । ‘दुईवटा पार्टीको संयुक्त नेतृत्वमा अगाडि बढेको आन्दोलन सबै सफल भएका छन्,’ उनले भने, ‘आमुल परिवर्तन भएको छ । अब अगाडि पनि  नेपाली कांग्रेससँग हाम्रो सहकार्य हुनुपर्छ । नेपाली कांग्रेसलाई साथ लिएर जानुपर्छ । तर नेपाली कांग्रेसको पुच्छर समाउने, नेपाली कांग्रेसको हात समाउने, नेपाली कांग्रेसको ढाड समाउने त्यस्ता कम्युनिष्टहरूले गरे भने देशको परिवर्तन हुँदैन । नेपाली कांग्रेसले त्यो सबै काम गर्न सक्दैन ।’


Author

थप समाचार
x