दल

जसपा केन्द्रीय कार्यसमिति बैठक असार २७ मा वीरगन्जमा बस्‍ने

इकागज |
असार १६, २०७९ बिहीबार १७:१९ बजे

काठमाडौँ- जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वीरगन्जमा बस्‍ने गरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए ।

बैठक दुई दिनसम्म चल्ने छ । पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो ।


पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए । नयाँ मन्त्रीलाई पठाउने गरी मन्त्री फिर्ता बोलाएका यादवले कारबाहीको अधिकार पनि आफैँले राखेका थिए ।

उनको निर्णयप्रति बाबुराम भट्टराई खेमाका नेताहरूले विरोध गर्दै आएका छन् । यहीँ बीच जसपाको बैठक बोलाइएको हो ।


Author

थप समाचार
x