दल

अध्यक्ष ओली र गौतम बालकोटमा भेटघाट

इकागज |
असार १६, २०७९ बिहीबार २१:५४ बजे

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । 

अध्यक्ष ओलीसँगको भेटमा संयोजक गौतमले आफ्नो तीन महिने अभियानको बारेमा जानकारी गराउँदै विभाजित कम्युनिष्ट पार्टी मिलेर अघि बढ्नुपर्ने धारणा राखेको बताइएको छ । 


गौतमले आफ्नो अभियान र एकताका बारेमा कुरा राखेको अध्यक्ष ओलीको सचिवालयका रामशरण बजगाईंले जानकारी दिए । 


Author

थप समाचार
x