दल

शेखर समूहको निष्कर्ष - सभापति देउवाले ४० प्रतिशत पार्टी हिस्सालाई पाखा लाउन खोजे

इकागज |
असार १७, २०७९ शुक्रवार २०:४६ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवा आफूलाई भोट नहाल्ने ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको सभापति बन्न नखोजेको निष्कर्ष निकालेको छ । दुई दिन (बिहीबार र शुक्रबार) सम्म काठमाडौँमा बसेको समूहको बैठकले सभापति देउवाले आफूलाई मत नहाल्नेलाई पाखा लगाउन खोजेको निष्कर्ष निकालेको हो । 

 बैठकले सभापति देउवा विधान अनुसार नचलेकोसमेत उल्लेख गरेको छ । ६ महिनासम्म विभागहरू गठन गर्न नसक्नु र भ्रातृ संस्थाहरूको अधिवेशन समयमै नगर्नुले पनि सभापति देउवा विधान अनुसार नचलेको ठहर गरेको हो । 


यस्तै बैठकले सरकार कांग्रेसकै भएपनि चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाएको र ब्यापकरुपमा नीतिगत भ्रष्टाचार भएको, जनजिविकाका मुद्दामा गम्भीर  बन्न नसकेको, विकास खर्च, लगानीको माहोल, अर्थतन्त्रका सुचकहरु, मल, पुस्तकका कुरामा सरकार उदासीन रहेको आरोप लगाएको छ । 

 राजश्व अनुसंन्धान, सम्पति शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहतवाट हटाउने पार्टीको निर्णयलाई कार्यान्वयन नगरेको, परराष्ट्र नीति सबैको साझा बनाउने पहल नगरेको पनि बैठकको निष्कर्ष छ । 

समूहले यी सबै मुद्दा प्रदेश, जिल्ला, क्षेत्र र पालिका र वडास्तरसम्म लैजाने, यी सबै कुराहरु उठाउने र कांग्रेसको छविलाई बलियो बनाउँदै लैजाने समेत निर्णय गरेको छ । 


 


Author

थप समाचार
x