दल

फुट्‌दै अखिल क्रान्तिकारी, कार्की समूहले नयाँ कमिटी घोषणा गर्दै

इकागज |
असार १८, २०७९ शनिबार १०:४ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का असन्तुष्ट समूहले विशेष राष्ट्रिय भेला आयोजक कमिटी घोषणा गर्ने भएका छन् । असन्तुष्ट समूहले आज बिहान १० बजे बानेश्वर बहुमुखी क्याम्पसमा विशेष राष्ट्रिय भेला आयोजक घोषणा गर्ने भएका हुन् ।

पवन कार्कीको संयोजकत्वमा १९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्ने अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य रविन बस्‍नेतले बताए । 'अखिल (क्रान्तिकारी) मा विधि विधान मिचेर पञ्चा सिंह नेतृत्वको अवैधानिक पदाधिकारीसहितको समिति खारेज गर्दै अखिल(क्रान्तिकारी ) पुनर्गठन तथा राष्ट्रिय भेला आयोजक समिति घोषणा कार्यक्रम गर्न लागेका हौँ' उनले भने ।



Author

थप समाचार
x