दल

महन्थलाई ओलीको प्रस्तावः गठबन्धन गरेर चुनावमा जाऔँ

इकागज |
असार १९, २०७९ आइतबार ८:५६ बजे

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय निर्वाचनमा गठबन्धन गरेर जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले गठबन्धन गरेर जान प्रस्ताव गरेको बताए ।यसबारे धारणा दिन पनि पार्टीका नेताहरूसँग ठाकुरले राय मागेका छन् । 

‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसबारे पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाइ उद्यृत गर्दै एक नेताले भने । उनका अनुसार सो  विषयमा बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट समेत भएको थियो । 


लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको विद्यान मस्यौंदा संसोधनसहित पारित गर्ने, ५ सय १ सदस्सीय केन्द्रीय समितिलाई पूर्णता दिने, संगठन सुदृढीकरणदेखि आगमी निर्वाचनको तयारीसम्मका विषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रीय कार्यकारिणी बैठक जारी छ ।


Author

थप समाचार
x