दल

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक

इकागज |
असार २१, २०७९ मगलवार ८:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले आब्हान गरेको केन्द्रीय समिति बैठकमा शेखर कोइराला पक्षधरले पाँच बुँदे असन्तुष्टी जाहेर गर्ने भएका छन् । मंगलबारदेखि काठमाडौँमा सुरु हुने बैठकमा पार्टीका सबै विभागमा ४० प्रतिशतसमेतको दावी गर्दै कोइराला पक्षले सो असन्तुष्टी जाहेर गर्ने भएका हुन् ।

गत बिहीबार बसेको कोइराला समूहका बैठकले सरकार भ्रष्टाचारमा लिप्त भएको देखि सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचानात्मक विद्रोह’ गर्ने जनाएका थिए । महामन्त्री गनन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांश नेताको उपस्थिति रहेको थियो ।


मंगलबारदेखि सुरु हुने बैठकमा सरकार सञ्चालनदेखि अन्य विषयमा असन्तुष्टी जनाउँदै कोइराला पक्षधरले ‘रचानात्मक विद्रोह’ गर्ने केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिएका छन् ।


Author

थप समाचार
x