दल

१० दिनमा दुईपटक मन्त्रिपरिषद् पुनर्गठन, अनैतिक राजनीतिको निकृष्ट नमुना : भीम रावल

इकागज |
असार २१, २०७९ मंगलबार ११:१ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एमाले नेता भीम रावलले पटक-पटक मन्त्रिपरिषद् पुनर्गठन गरिनु स्वेच्छाचारी, अनुत्तरदायी र अनैतिक राजनीतिको निकृष्ट नमुना भएको टिप्पणी गरेका छन् । पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि मन्त्री पदलगायत राज्यका पदहरूको भागबण्डा, दुरूपयोग राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो गरी गुटस्वार्थमा होम्ने कुकर्म भएको उनको टिप्पणी छ । 

'पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि मन्त्री पदलगायत राज्यका पदहरूको भागबण्डा, दुरूपयोग र १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरिनु स्वेच्छाचारी, अनुत्तरदायी र अनैतिक  राजनीतिको निकृष्ट नमुना हो,' ट्वीटरमा उनले लेखेका छन्, 'राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो गरी गुटस्वार्थमा होम्ने कुकर्म बन्द होस् ।'



Author

थप समाचार
x