दल

लामो समयदेखि नागरिकता विधेयकलाई अल्झाइ राखेकाले नयाँ विधेयक ल्याउनु सकारात्मक : राजेन्द्र महत्तो

इकागज |
असार २२, २०७९ बुधवार १५:१ बजे

फाइल फोटो

काठमाडौँ - सरकारले प्रतिनिधिसभाको बैठक आगामी बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ । 

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संसदको आगामी बैठकमा यसअघि पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने जानकारी गृहमन्त्रीले दिएको बताए । 


संसद भवनमा पत्रकारसँग कुरा गर्दै उनले लामो समयदेखि नागरिकता विधेयकलाई अल्झाई राखेकाले नयाँ विधेयक ल्याउनु सकारात्मक भएको बताए । 

दलहरुबीच नागरिकताका बिषयमा भएको सहमतिलाई समावेश गर्दै नयाँ विधेयक ल्याउने जानकारी पनि गृहमन्त्रीले गराएको उनको भनाई छ । उनले जन्मसिद्धका सन्तानलाई नागरिकता प्रदान गर्ने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानुन ल्याएर पास गर्ने भन्ने सहमति भएको बताए । 

यसअघि प्रतिनिधि सभामा करिव चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने निर्णय गरेको थियो ।

 


Author

थप समाचार
x