दल

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

इकागज |
असार २३, २०७९ बिहीबार ९:३३ बजे

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा बस्नेछ । 

आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ । त्यस्तै आजको बैठकमा पदाधिकारीसहित स्थायी कमिटीको टुंगो लगाउने कार्यतालिका छ । 


अध्यक्ष प्रचण्डले पदाधिकारीसहित  स्थायी कमिटी र पोलिट् ब्यूरो सदस्यका नामावली प्रस्तुत गर्नेछन् । आइतबारदेखि सुरु भएको बैठक सोमबार बसेर स्थगित भएको थियो । मंगलबार र बुधबार बस्दै नबसी स्थगित भएको थियो । 
 


Author

थप समाचार
x