दल

केन्द्रीय समिति बैठकअगाडि खुमलटारमा छलफल गर्दै माओवादी नेताहरू

इकागज |
असार २३, २०७९ बिहिवार ११:२४ बजे

फाइल तस्बिर

काठमाडौ - नेकपा माओवादीका पूर्वस्थायी कमिटीको बैठक खुमलटारमा सुरु भएको छ । जारी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुअघि र पदाधिकारी घोषणा गर्नु अघि पूर्वस्थायी कमिटीको बैठक बस्न लागेको हो ।

पार्टीवाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा विवादित भएपछि बुधबार पनि स्थगित भएको केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लगाउने प्रयास स्वरुप बैठक बस्न लागिएको हरिबोल गजुरेलले जानकारी दिए ।


‘पदाधिकारी चयनका विषयमा प्रारम्भिक कुराकानी भइसकेको छ, त्यसलाई निष्कर्षमा पुर्‍याउन आज पनि प्रयास जारी रहनेछ,’ गजुरेलले भने, ‘सम्भवतः पदाधिकारी टुंगो गरेर केन्द्रीय समिति बैठक समापान गर्न लागि परेका छौं ।’ 

आइतबादेखि सुरु भएको बैठकको सुरुको दिनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सोही दिन प्रदेश र गैर भौगलिकबाट रिर्पोटिङ भएको । दोस्रो दिन केन्द्रीय सदस्यहरूले उक्त दुवै विषयमा प्रश्न राखे पछि मंगलबार बस्ने गरी स्थगित बैठक त्यसपछि पदाधिकारी चयनका विषयलाई लिएर आन्तरिक गृहकार्यका कारण दुई दिनसम्म बस्न सकेको थिएन । बैठक आज १ बजे बस्दैछ ।


Author

थप समाचार
x