दल

हाम्रै जीवनकालमा समाजवादी क्रान्ति सम्भव छ : प्रचण्ड

इकागज |
असार २३, २०७९ बिहीबार १३:३१ बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै जीवनकालमा क्रान्ति सम्भव रहेको बताउका छन् । बिहीबार केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले एक पटक फेरि आन्दोलनको आवश्यकता रहेको बताए । 

'जतिबेला हामी सडकमा हुन्छौं त्यतिबेला विजयी हुन्छौं । हामीसँग जनता हुन्छन् ।  निर्वाचन प्रणालीको सुधारका लागि आन्दोलन गर्नुछ । अब हामी एउटा फेरि नयाँ आन्दोलनको तयारीमा जाँदैछौं,' उनले भने, 'सानै टिम भए पनि १० वर्षमा देखेको हो नि । हाम्रै जीवनकालमा क्रान्ति सम्भव छ । हाम्रो पालमा समाजवादी क्रान्ति सम्भव छ । यो कुरा हाम्रो दिमागबाट डिलिट हुन थाल्याजस्तो छ ।'
 



Author

थप समाचार
x