दल

माओवादी पोलिटब्युरो सदस्यमा प्रचण्डको परिवारबाट चार जना

इकागज |
असार २३, २०७९ बिहीबार १६:३८ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिट्व्युरो गठन गरेको छ । केन्द्रीय समितिको बिहीबार बसेको  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ पोलिटब्युरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् ।

प्रस्तावित नाममा प्रचण्डकै परिवारबाट चार जना परेका छन् । जसमा अध्यक्ष प्रचण्डसहित उनकी छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहालको नाम छ । 


तर, उक्त प्रस्तावित नामप्रति नेताहरुले आपत्ति जनाइसकेका छन् । प्रस्तावित नाममा मापदण्डविपरीत रहेको आरोप लगाइएको छ । प्रस्तावित नामप्रति बैठकस्थलमै विरोध भएपछि बैठक पनि स्थगित गरिएको छ । 


Author

थप समाचार
x