दल

जापानी पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको घोर भत्सर्ना गर्दछु : अध्यक्ष ओली

इकागज |
असार २४, २०७९ शुक्रबार १७:२२ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आबेको हत्याको भत्सर्ना गरेका छन् । 

‘जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति म दुःखी छु । पूर्व प्रधानमन्त्रीको जघन्य हत्याको म घोर भर्त्सना गर्दछु,’ ओलीले भनेका छन् ‘आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँ प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।’ 


जापानका पूर्व प्रधानमन्त्री आबेको आज निधन भएको हो । शुक्रबार बिहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । 

गोलीलागि गम्भीर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोषणा अस्पतालले गरेको हो ।  

अत्यधिक रगत बाहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । 


Author

थप समाचार
x