दल

विद्यार्थी संगठनको विवाद समाधानका लागि माओवादीले बनायो तीन जनाको सुझाव समिति

इकागज |
असार २५, २०७९ शनिबार १२:१० बजे

काठमाडौँ-  नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ । शनिबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो ।

पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकाले त्यसको समाधानका लागि तीन सदस्यीय सुझाव समिति गठन गरेको छ । उक्त समितिमा पूर्वविद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् ।


'विद्यार्थीमा केही समस्या पैदा भएको छ, त्यसलाई हल गर्न पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल तीन जना भएको एउटा हल सुझाव समिति बनाइएको छ । उहाँहरूले सुझाव दिनुहुन्छ, स्थायी कमिटीले निर्णय गर्छ' प्रवक्ता कृष्णबहादुर महराले भने ।


Author

थप समाचार
x