दल

माओवादीले बनायो प्रदेश समन्वय समिति, कुन प्रदेशमा कहिले प्रशिक्षण र बैठक ?

इकागज |
असार २५, २०७९ शनिबार १२:२१ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ । शनिबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो ।

बैठकले प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नको निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि बनाएको छ । आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी बनेको प्रदेश समन्वय समितिमा सबै केन्द्रीय सदस्यहरू र सबै प्रदेशका पदाधिकारी रहने प्रवक्ता कृष्णबहादुर महराले बताए । उनले बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरू गर्ने निर्णय भएको बताए । 


‘प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नको निम्ति इञ्चार्जको नेतृत्वमा एउटा प्रदेश समन्वय समिति बनाइएको छ । यो चुनाव सम्मको लागि मात्रै हो । त्यसमा केन्द्रीय सदस्यहरू सबै र प्रदेशका पदाधिकारी सबै रहनुहुन्छ । प्रदेशको प्रशिक्षण कार्यक्रमहरू, बैठकहरू राखेका छौँ' महराले भने 'त्यसमा साउन १६ गतेदेखि भदौ ३ गते सकिने गरेर प्रदेशमा राखिएको छ । १८ गते गण्डकी, २० गते प्रदेश १, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, १ गते सम्पर्क समन्वय, ३ गते प्रवास गरी हामीले प्रदेशको प्रशिक्षण तथा बैठकहरू राखेका छौँ ।’

प्रवक्ता महराले प्रदेश र केन्द्रलाई बलियो बनाउनका लागि साउन १८ गते गण्डकी, २० गते प्रदेश १, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, १ गते सम्पर्क समन्वय, ३ गते प्रवास बैठक तथा प्रदेश प्रशिक्षणका कार्यक्रम राखेको बताए । प्रवक्ता महराले पोलिटब्यूरो, स्थायी कमिटी, पदाधिकारी चयनमा आइरहेको समस्याको समाधान १५ दिनभित्र भइसक्ने दाबी गरे । 

र, यो पनि


Author

थप समाचार
x