दल

शेखर समूहको बैठक बालुवाटारमा

इकागज |
असार २६, २०७९ आइतवार १५:१७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसा नेता डा. शेखर कोइराला समूहको बैठक बसिरहेको छ । कोइरालाको सचिवालय बालुवाटारमा जारी बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीहरू सहभागी छन् । 

शेखर समूहले भोलि बस्ने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिरहेको कोइरालाको सचिवालयले जनाएको छ । कांग्रेसले भोलि केन्द्रीय समिति बैठक बोलाएको छ । त्यसअघि आज कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । 


कांग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा राखिएकाले शेखर समूहका पदाधिकारीहरू बैठकबाट निस्किएर सानेपा गएपनि बाँकी सदस्यहरूबीच छलफल भइरहेको सचिवालयले बताएको छ । 

पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टी चलाएको भन्दै शेखर समूह आक्रोशित छ । यस्तै ६ महिनामा बनिसक्नुपर्ने विभागहरू गठन गर्न नसकेको भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले पुर्णता नपाएको भन्दै शेखर समूहले सभापति देउवालाई दबाब दिँदै आएको छ । 


Author

थप समाचार
x