दल

कांग्रेसले यी भ्रातृ र शुभेच्छुक संस्था थप गर्ने

इकागज |
असार २६, २०७९ आइतबार २०:३३ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरू थप्ने तयारी गरेको छ । 

भोलि बस्ने केन्द्रीय समितिको तयारीस्वरुप आज बसेको पदाधिकारीको बैठकले केही भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने तयारी गरेको र सो प्रस्ताव केन्द्रीय समितिमा लाने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।


कांग्रेसले भ्रातृ संस्थामा नेपाल थारू संघ र नेपाल आदिवासी जनजाती महासंघ थप्ने तयारी गरेको छ । 

त्यस्तै शुभेच्छुक संस्थाहरूमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ,  नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघ थप गर्ने तयारी गरेको छ ।


Author

थप समाचार
x