दल

विश्वप्रकाश शर्माको प्रश्‍न - देउवालाई यस्तो सल्लाह कसले दिन्छ ?

इकागज |
असार २७, २०७९ सोमबार ११:५६ बजे

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता लिनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्नसमेत गरेका छन् । 

संवैधानिक परिषद्‍सम्बन्धी विधेयक दर्ता गरेपछि महामन्त्री शर्माले यस्तो प्रश्न गरेका हुन् । 


'ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी !' उनले लेखेका छन्, 'संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दु:खद छ !'


Author

थप समाचार
x