दल

महासमिति बैठक बोलाउन कांग्रेस नेतृत्वलाई बस्नेतको आग्रह

इकागज |
असार २७, २०७९ सोमवार २१:१७ बजे

 काठमाडौँ - नेपाली कांग्रेसका महासमिति सदस्य लक्ष्मण बहादुर बस्नेतले कांग्रेस केन्द्रीय समितिलाई महासमिति बैठक बोलाउन आग्रह गरेका छन् । बस्नेतले सोमबार पार्टी नेतृत्वलाई पत्र बुझाउनु हुँदै महासमिति बैठक बोलाउन आग्रह गरेका हुन् । 

कांग्रेसको नेतृत्वमा स्थानीय निर्वाचन सम्पन्न भएको र निकट समयमै प्रदेश तथा संघीय निर्वाचन आईरहेकोले महासमिति बैठक बोलाउनु पर्ने बस्नेतद्वारा प्रेषित पत्रमा उल्लेख छ । 


पत्रमा आउँदै गरेको दुई तहको निर्वाचन उपलब्धिमुलक बनाउन कांग्रेस नेताकार्यकर्ता र शुभेच्छुकलाई सशक्त परिचालन एवं पार्टी भित्र समान धारणा बनाउन कांग्रेसको वैधानिक सभा महासमिति बैठक महत्त्वपूर्ण हुने भएकोले यथाशीघ्र बोलाउन माग गरेका छन् । 

बस्नेत नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष एवं दक्षिण एसियाली ट्रेड युनियन परिषद्का महासचिव समेत हुन् । 
 


Author

थप समाचार
x