दल

जसपा विवाद

बाबुराम पक्षीय विस्तारित बैठकमा ४६ प्रतिशत केन्द्रीय सदस्य उपस्थित

इकागज |
असार २८, २०७९ मगलवार १४:३ बजे

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा २३० जना केन्द्रीय सदस्य उपस्थित भएको सो समूहले दाबी गरेको छ । मंगलबार काठमाडौँमा सुरु भएको बैठकमा २३० जना केन्द्रीय कार्यकारिणी समितिका सदस्य उपस्थित भएको केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार बैठकमा उपस्थित सदस्य संख्या कूल केन्द्रीय समिति सदस्यको ४६ प्रतिशत बढी हो । जसपाको ४९९ सदस्यीय केन्द्रीय समिति छ । आफूहरूको पक्षमा १० जना सांसद रहेको उनले बताए । तर, केही कानुनी अड्चनका कारण उनीहरू बैठकमा भने उपस्थित नभएको उनले बताए । 


भट्टराई पक्षको विस्तारित बैठक काठमाडौंमा बसिरहदा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक भोलिदेखि वीरगन्जमा बस्दै छ । 

२०७६ वैशाख २३ मा तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी बनेको थियो । जसपा यसअघि नै एक पटक विभाजित भइसकेको छ । महन्थ ठाकुर जसपाबाट बाहिरिएर लोसपा गठन गरेका छन् ।

यो पनि 

बाबुरामका दुई विकल्प : फेरि वैकल्पिक शक्ति बनाउने कि विचार मिल्नेसँग एकीकरण ? (पूर्ण पाठ)

 

 


Author

थप समाचार
x