दल

पार्टी पुनः गठन गर्नुपर्ने अवस्थामा पुग्यो : बाबुराम भट्टराई

इकागज |
असार २८, २०७९ मगलवार १६:५७ बजे

भक्तपुर- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरी आज सञ्चालन समेत गरेका छन् । 

जडीबुटीस्थित एक पार्टी प्यालेसमा आज आयोजित पार्टीको विस्तारित बैठकमा उनले पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवलाई विभिन्‍न सात बुँदामा आरोप लगाएका छन् । उनले पार्टी पुनः गठन गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै अध्यक्ष यादवका कारण यस्तो भएको जिकिर ती बुँदाहरुमा गरेका छन् ।


वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने वा विचार मिल्नेसँग पार्टी एकता गर्ने दुई विकल्प आफूसँग रहेको बताउँदै डा भट्टराईले अध्यक्ष यादव समक्ष वैचारिक, सङ्गठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न उठाएका छन् । उनले अध्यक्ष यादवमा कार्यशैली, पार्टीमा आवश्यक व्यवस्थापन र सुशासनमा समस्या रहेको आरोप लगाएका छन् । 

बैठकका आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा भट्टराईले जसपाको वैधानिक बहुमत रहे या नरहे पनि पार्टीको पुनः गठन अनिवार्य र अपरिहार्य रहेको दाबी गरेका छन् । यही विस्तारित बैठकले पार्टीको पुनः गठन कसरी गर्ने भन्‍नेबारेमा ठोस र मूर्त निर्णय गर्ने अधिकार दिएको पनि प्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।


Author

थप समाचार
x