दल

स्थानीय तहको निर्वाचनमा राज्यपक्षबाट मानवअधिकार हनन भयो : अध्यक्ष ओली

इकागज |
असार २९, २०७९ बुधवार १७:० बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा राज्यपक्षबाट मानवअधिकार हननका घटना भएको बताएका छन् । 

मानवअधिकार एलायन्सले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई गिरफ्तार गर्ने र हिरासतमा राख्ने लगायतका मानवअधिकार बिरोधी काम राज्य पक्षबाट भएको बताएका हुन् । 


विपक्षीलाई थुनाएर बुथ कब्जा गर्ने काम पनि भएको उनको भनाई छ । ओलीले रेडक्रसमा अदालतको आदेश विपरीत प्रहरी पठाएर तमासा गर्न खोजेको र डेमोक्रेसी र कानुनी राजको उपहास भएको तर्क गरे । 

अध्यक्ष ओलीले आफ्नो अहिलेसम्मको लडाई मानवअधिकारका लागि नै भएको र कहिलेपनि मानवअधिकारको उल्लघंन नगर्ने स्पष्ट पारे । 

उनले मानवअधिकार जागिर नभएको र यो नितान्त आदर्श र निष्‍ठासँग जोडिएको बिषय भएको बताए । 


Author

थप समाचार
x