दल

देउवाले भने - फेरि विधान संशोधन गरेर तेस्रो पटक सभापति बन्छु

इकागज |
असार २९, २०७९ बुधबार १९:४७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान संशोधन गरेर आफू फेरि सभापति हुने बताएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले आफूलाई पेल्ने र जिस्क्याउने गरिराखे विधान संशोधन गरेर तेस्रो पटक सभापति हुने चेतावनी दिएका हुन् । 

देउवाको चेतावनी डा. शेखर कोइराला  र उनी पक्षका नेताहरूसँग लक्षित रहेको एक केन्द्रीय सदस्यले बताए । शेखरले केन्द्रीय समिति बैठकमा १२ बुँदे ध्यानाकर्षण पत्रसहित सभापति देउवाको आलोचना गरेका थिए भने उनी पक्षीय नेताहरूले पनि पार्टी विधानसम्मत चल्न नसकेको भन्दै आलोचना गरेका थिए ।


पार्टी विधानसम्मत नचलेको, आगामी निर्वाचनमा गठबन्धन गरेर जान नहुने र सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, महंगी बढेको र अर्थतन्त्र तहसनहस भएको भन्दै देउवाको आलोचना भएपछि देउवाले विधान संशोधन गरेर सभापति हुने धम्की दिएका हुन् । 

बैठकमा सहभागी एक नेताले भने, `सभापतिजीले मलाई फेरि सभापति बन्ने चाहना छैन तर, यस्तै गरी जिस्काइरहे विधान संशोधन गरेर फेरि सभापति बन्छु भन्नुभयो ।` 

देउवाले होटल होटलमा गुट भेला गरेर आफूलाई पेल्न खोजेको आरोप लगाए । 


Author

थप समाचार
x