दल

पार्टीलाई थप प्रभावकारी बनाउन नेतृत्वलाई कांग्रेस सदस्यहरूको सुझाव

इकागज |
असार २९, २०७९ बुधबार २०:५४ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनीहरुले सरकारको समिक्षा गर्दै थप प्रभावकारी बनाउन सुझाव दिएका हुन् । सभापतिको नेतृत्वको सरकारले स्थानीय सरकार शान्तिपूर्ण रुपमा सम्पन्न भएको, कोरोना महामारीको व्यवस्थापन गर्न सफल भएको, भ्रष्टाचार रोकिएको र ओली सरकारको ज्याजति रोकिएको केन्द्रीय सदस्यहरुले धारणा राखेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 


त्यस्तै महङ्गी बढ्दै गएको, मलखाद उपलव्ध गराउन नसकेको लगायतका बिषयमा सरकार क्रियाशील हुनुपर्ने सुझाव पनि आएको उनले बताए । त्यस्तै आगामी निर्वाचनमा आवश्यकता अनुसार बिभिन्न स्थानमा तालमेल गर्नुपर्ने सुझाव पनि आएको उनले बताए । 

पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिएर क्रियाशील गराउनुपर्ने सुझावहरु पनि आएको प्रवक्ता महतले बताए । उनले केन्द्रीय सदस्यहरुले राखेका प्रश्नको जवाफ दिएर बिहीबार नै बैठक समापन गर्ने तयारी रहेको जानकारी दिए । 

बैठकमा बैठकमा डा. शेखर कोइराला पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको आलोचना गरेका थिए भने त्यस्तै संस्थापन पक्षले डा. शेखर कोइराला पक्षले पार्टी नेतृत्वविरुद्ध गुटबन्दी गरेको आरोप लगाएका थिए । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुन बस्ने कांग्रेसले जनाएको छ । 


Author

थप समाचार
x