दल

नेमकिपा अध्यक्ष बिजुक्छे र चिनियाँ विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

इकागज |
असार २९, २०७९ बुधबार २२:० बजे

काठमाडौँ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच आज साँझ भक्तपुरमा शिष्टाचार भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा चीन र नेपालको मित्रवत् सम्बन्धबारेमा छलफल भएका नेमकिपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिए । 

उनले भेटबारे जानकारी दिँदै नेपाल र चीनको सम्बन्ध, नेपालको राजनीतिक परिवेश र नेपालसँगको  मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउनेबारेमा छलफल भएको थियो । नेपाल चीनको असल र निकट मित्र रहेको तथा नेपालमा चिनियाँ विरोधी गतिविधि हुन नदिन सरकार सचेत हुनुपर्नेबारेमा छलफल भएको बताइएको छ ।



Author

थप समाचार
x