दल

प्रदेश २ मा देउवा नै कांग्रेस सिध्याउन लागेको आरोप

इकागज |
असार ३०, २०७९ बिहिवार १९:५८ बजे

फाइल फोटो

काठमाडौँ - कांग्रेस केन्द्रीय सदस्य मिनाक्षी झाले प्रदेश २ मा कांग्रेस सिध्याउन लागेको आरोप पनि लागेको छ । केन्द्रीय सदस्य मीनाक्षी झाले सभापति शेरबहादुर देउवाले नै कांग्रेस सिध्याउन लागेको आरोप लगाइन् ।

`हाम्रो प्रतिष्पर्धा गर्ने पार्टीलाई टिकट दिएर कांग्रेस सिध्याउन खोजेको हो ?` उनको प्रश्न थियो,  `तराईमा कांग्रेस चाहिँदैन सभापतिज्यू ? किन महत्त्व बोकेको जनकपूरमा हामीलाई टिकट दिइएन । जसपालगायत क्षेत्रीय पार्टीहरुसँग भिड्नु छ कांग्रेस बनाउन हो कि सिध्याउन ? हामी लगातार बनाउन लागेका छौं पार्टीको मूल नेतृत्त्व सिध्याउन ।`



Author

थप समाचार
x