दल

प्रचण्डको भारत भ्रमण : को-कसलाई भेट्‍दैछन् ?

इकागज |
असार ३१, २०७९ शुक्रबार ८:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन् ।

माओवादी नेता देव गुरुङका अनुसार भाजपा नेतृत्वसँग सद्‌भावना आदान–प्रदानका सन्दर्भमा प्रचण्ड भारत जान लागेका हुन् ।


प्रचण्ड आज दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान हुने कार्यक्रम छ । प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ ।

दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

त्यस्तै भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ । यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालबीच भेटवार्ता तय भएको छ । यस्तै भारतका विदेश मन्त्री डा. एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि दिल्ली भ्रमणमै छिन् ।

त्यसो त दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनको चासो नेपालमा बढिरहेको छ । अमेरिका र चीनका मन्त्रीहरू नेपाल आएर फर्किसकेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमणलगत्तै प्रचण्डले भारत भ्रमण गर्न लागेपछि अर्थपूर्ण रुपमा हेरिएको छ ।

र, यो पनि


Author

थप समाचार
x