दल

राप्रपा केन्द्रीय कमिटीमा मकवानपुरका चार जना मनोनीत

इकागज |
साउन ५, २०७९ बिहीबार १६:२६ बजे

मकवानपुर - राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा मकवानपुरबाट ४ जना मनोनीत भएका छन् ।

पार्टी केन्द्रीय कमिटीको आज बसेको बैठकले मकवानपुरका दिपक बहादुर सिङ, नवराज बिस्ट,  रामहरि न्यौपाने र  राम थोकर केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।


बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा छलफल भएको थियो । बैठक भोलिसम्म चल्ने बताइएको छ।


Author

थप समाचार
x