दल

कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्छः महेश बस्नेत

इकागज |
साउन ९, २०७९ सोमवार १८:५ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताएका छन् । 

सोमबार भक्तपुरको सूर्यविनायकमा बीउ, बिजन विषादी सम्बन्धी ठूलो एग्रोभेट उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले कृषि क्षेत्रमा शिक्षित र युवा पुस्ताहरूले लगानी गर्नुपर्ने बताएका हुन् । 


उनले युवापुस्ता र नयाँ उद्यमीहरुले लगानी नगरेसम्म कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न नसक्ने बताए । कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नु आवश्यक रहेको उनको भनाई छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ७० प्रतिशत पु¥याउनुपर्ने उनले बताए । 

उनले भने, ‘म के अनुरोध गर्न चाहन्छु भने नयाँ पुस्ता, पढे, लेखेका युवापुस्ता र लगानी गर्नसक्ने नयाँ उद्यमीहरुले कृषि क्षेत्रमा लगानी नगरेसम्म हामीले कृषिलाई कृषि उद्योगको रुपमा परिणत गर्न सक्दैनौँ र कृषि उद्योगलाई प्रोत्साहन नगरेसम्म न हामी व्यापार घाटा बढाउन सक्छौँ । ६० प्रतिशत जनताले काम गर्ने क्षेत्रको जम्मा २५ प्रतिशत मात्रै जिडिपीमा योगदान छ । यो भनेको हाम्रो लागि घाटा हो । ६० प्रतिशत जनताले त्यसमा मेहनत गरेपछि कमसेकम जिडिपीमा त्यसले ७०÷८० प्रतिशत योगदान दिनुपर्छ । त्यसो गर्‍यो भने मात्रै हाम्रा जनताहरुको लगानी अथवा मिहिनेत उपयोग भएको देखिन्छ ।’

उनले कालिमाटीको तरकारी बजार बिस्थापन गर्ने पूर्ववर्ती सरकारको निर्णय हालसम्म कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले कालिमाटीको तरकारी बजारलाई यथास्थितिमा राख्नका लागि चलखेल भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । 


Author

थप समाचार
x